‘प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय’
काठमाडाैं | भदौ ५, २०८१
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताउनुभएको छ ।
सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताउउनुभयो । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उहाँको भनाइ थियो ।
“प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भन्नुभयो, “प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम् रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहान्छु ।”
उहाँले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

